Wednesday, December 18, 2013

सम्मोहनको अंक १ को समीक्षा-अमृत घिमिरे



हजाराँै वर्षपहिलेदेखि बोलीचालीको माध्यमका रुपमा नेपाली भाषा प्रयोगमा आएपनि नेपाली भाषाको लेख्य रूप वि.. १०३८ को दुल्लुको शिला अभिलेखबाट सुरुवात भएको मानिन्छ दुल्लुस्थित  शिलालेखमा रहेको वाक्यलाई प्रथम मानक लेख्य नेपाली भाषा मानिन्छ शिलालेखमा भएको एउटा वाक्यको नमुना यस प्रकार रहेको   – ‘हाम्रा आली अटाली अटल करि अक्र्या छु यही शिलालेखको वाक्यलाई नै नेपाली भाषाको लेख्य परम्पराको सुरुवात  मानिन्छ त्यसपछि क्रमशः नेपाली भाषा विकसित हुँदै अहिलेको अवस्थामा आएको हो वि.. १०३८ मा भाषाको लेख्य रुप सुरुवात भएपनि वि.. १९५८ मा गोखरखापत्रको पत्रकाशनपछि मात्रै नेपाली भाषाको स्तरीय लेख्य रुप विकसित हुँदै गएको भाषाविद्हरुको ठहर समाचारप्रधान पत्रिका गोरखापत्रको प्रकाशनपछि विस्तारै साहित्यिक पत्रिकाहरुको जन्म भएको इतिहास अध्ययनमा पाउन सकिन्छ सुधासागर, युगवाणी, शारदा, गरिमा, हुँदै पछिल्लो समयमा  मुना लगायतका साहियित्यक पत्रिकाहरुको प्रकाशनले नेपाली भाषको स्तरीय लेख्य रुपको विकासमा थप मलजल पुगेको देखिन्छ भाषाको सुरुवातपछि यसको विकास धीमाधीमा गतिमा अघि बढ्दै गएको पाइन्छ सरलताबाट जटिलतातिर जाने भाषकोे रूप पत्रपत्रिकामा भने ठीक उल्टो हुने गर्दछ पत्रिकामा भाषाको रूप संरचना जटिलताबाट सरलतातिर बग्ने गर्दछ यही सरलताको खोजी गर्दै अघि बढ्ने क्रममा वग्रेल्ती साहित्यिक पत्रिकाहरुको भीड अहिले देख्न सकिन्छ पत्रपत्रिकाको विकास हुनु समाजको लागि राम्रो पक्ष हो  भाषाको संवाहक मात्र नभइ पत्रिका अभिव्यक्तिको दरिलो माध्यम पनि हो पत्रिकाले आफ्ना पाठकको रुचि अुनसार विविध विषय विधाहरूमा आफूलाई प्रस्तुत गर्न सके यसको ओज बढ्ने कुरामा दुईमत छैन यस्तै साहित्यिक ओज स्थापित गर्ने अभियानलाई सार्थकता दिन आफूलाई पृथक शैलीमा अघि सारेको पोखराबाट भर्खरै प्रकाशन भएको त्रैमासिक पत्रिका सम्मोहनले

सम्मोहन आफैमा सुन्दर नाम जुराइएको यस त्रैमासिक पत्रिकाले पाठकका रुचि अझ भन्दा साहित्यिक पाठकका रुचिलाई भरमग्दुर रूपमा समेट्ने प्रयासमा आफूलाई समाहित गराएको प्रकाशक सम्पादक रुपिन्द्र प्रभावि कटु रहेको यस पत्रिकामा अल्पज्ञानी कपिल शर्मा सञ्जोग, सुरज उपाध्याले सम्पादकको भूमिका निर्वाह  गरेको त्यस्तै उदिपराज ढुङ्गाना, रामचन्द्र अधिकारीले सहसम्पादकको जिम्वेवारी पाएका छन् भने व्यवस्थापकको लगाम गणेस पौडेलले सम्हाल्न पुगेका छन्

पोख्रेली चर्चित साहित्यकारहरु सरुभक्त, तीर्थ श्रेष्ठ, तीर्थ श्रेष्ठ, प्रकट पगेनी शिव, दीपक समीप, ईश्वरमणि अधिकारी, कृष्ण उदासीलाई पत्रिकाले सल्लाहकारको रुपमा चयन गरेको   कानुनी सल्लाहकार राजेन्द्र चापागाईं आहात रहेको त्रैमासिक पत्रिकाको आवरण रमेश श्रेष्ठले सजाउन पुगेका छन् पत्रिकाले आफ्नो सम्पर्क कार्याल पोखरा १० रामाबजारलाई बनाएको साहित्यिक जानकारी विचार सम्पादकीय देखि साहित्यिक खुराकले भरिएका सय पष्ठको आयातन पत्रिकाले लिएको केही विज्ञापन सूचना व्यावसायिक जानकारीलाई पनि समेटिएको पत्रिकामा नाम चलेका अग्रजदेखि साहित्यमा बामे सर्दै गरेका अनुज साहित्यकारहरुका सिर्जनालाई समेट्ने प्रयास गरिएको साहित्यका धेरैजसो विधाहरुलाई  समेट्न खोजिएको यस त्रैमासिक पत्रिकाले आफ्नो साहित्यिक धर्मलाई पाठकहरुमाझ सतीसाल झैँ उभ्याउन सफल भएको

पत्रिकामा कविताको वगरमा अल्ज्ञानी, सङ्कल्पका आवाजहरु सरस्वती श्रेष्ठ प्रतीक्षा, प्रमिथस मान्छेहरु सरुभक्त,युद्धमा गोविन्दबहादुर कुँवर,ग्याँसच्यम्बरको साँझ कृष्ण धाराबासी,कविताको उज्यालो रमेश श्रेष्ठका रचना अटाएका छन् त्यसैगरी मन क्षेत्री कपिल  अञ्जानले गजलले पत्रिकालाई सिँगार्न भ्याएका छन् पत्रिकामा प्रतीक्षित ती आँखाहरु साधाना प्रतीक्षा, हिउँ फुल्ने गाउँहरु  लिएर  कृष्ण  उदासी उदाएका छन्  नारायण मरासिनी, भुवन क्षेत्री चोटिला मुक्तक लिएर यही बीचमा देखा परेका छन् खगेन्द्र गिरी, ईश्वरमणि अधिकारी, विश्व शाक्य, लक्ष्मण थापा,निष्प्रभ सजी, सुरज उपाध्याय,रुद्र ज्ञवाली, दुर्गाबहादुर शाह बाबा, सरस्वती प्रतीक्षा तीर्थ गुरुङले पनि पत्रिकामा आफ्नो साहित्यिक उपस्थिति रचनामार्फत जनाएका छन्

दीपक समीप, नवराज पहाडी,इन्द्रकुमार विकल्प, रामेश्वरी पन्त,गङ्गा अभिलाषी, सुन्दर मानान्धर, कपिल शर्मा सञ्जोग, कृष्ण पहारी,युवराज  श्रेष्ठ, रमेश रायन,जीवनसागर भण्डारी, सौगात सङ्घर्ष,सुमन लम्साल सुरेश सुवेदी ध्रुव मधिकर्मी अल्पविरामले पनि आफ्ना सिर्जनाले पत्रिकालाई सिँगारेका छन्

आरआर चौलागाईं, अनिल श्रेष्ठ, तीर्थ श्रेष्ठ, हरिकृष्ण पोखरेल,मनीषा गौचन, विवश थापा,प्रभाती किरण,चित्रकुमार गुरुङ, छवि ज्ञवाली,डी. आर. शर्मा, सुरश प्राञ्जलि,शङ्कर गिरी,पुरु लम्साल, शीतल गिरी, कर्मयुग, भीम रानाभाट, गण्डकीपुत्र, शिव पलास,रञ्जित महतो ,श्रमिक बराललका सिर्जनालाई पनि पत्रिकाले स्थान दिएको त्यसैगरी दिलिप दोषी, मिश्र वैजयन्ती,सुरेन्द्र सदिच्छा, मनोज घर्ती मगर, राजिन पनेरु,असफल गौतम उदिपराज ढुङ्गानाका साहित्यिक सिर्जनालाई त्रैमासिक पत्रिकाले समेट्ने प्रयास गरेको

६६ जना लेखक तथा साहित्यकारहरुका सिर्जना विचारलाई समेटिएको यस पत्रिकको पहिलो अङ्कमा  साहित्यका विविध पाटाहरुलाई समेट्ने प्रयास भएको विवरणात्मक रूपमा मात्र यस खण्डमा यस पत्रिकाको चर्चा गरिएको  

(समाधान राष्ट्रिय दैनिकको भदौ गतेको फुलबारीमा प्रकाशित)